ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘डिग्री माइला’ को ‘किन’ गीत सार्वजनिक

नेपालगाथा २०८० चैत्र २२ गते बिहीबार १२:५४:१३ मा प्रकाशित

काठमाडौं । आउने चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’ को गीत ‘किन ’ सार्वजनिक भएको छ ।

गीत बुधबार सार्वजनिक भएकाे हाे । गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ ।

उक्त गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माकाे अभिनय देख्न सकिन्छ । फिल्मकाे यस गीतबाट फिल्म अन्तरजातीय प्रेमकथामा बनेको आकल्न गर्न सकिन्छ ।

यस फिल्मलाई रामबाबु गुरुङको निर्देशनमा तयार भएको हाे ।  फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको  अभिनय रहेको छ ।

फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्माता क्रिश लामा हुन् । ‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top