होमपेज / कला / साहित्य
सुर्खेत । समृद्ध कर्णाली, सुखारी कर्णाली बासीकाे आधार : प्राकृतिक स्राेत प्रागारिक कृषि, संस्कृति, पर्यटन र उद्याेग हुन् पूर्वाधार भन्ने मूल नाराका साथ सुर्खेत उद्याेग वाणिज्य संघले यही फागुन १५ गतेदेखि सञ्चालनमा रहेकाे तेस्राे कर्णाली एक्सपाेकाे अन्तिम दिन जनवादी गायक जीवन शर्मा र गायिका अनिता चाैलानीकाे प्रस्तुति रहने आयाेजकले जनाएकाे छ। दुवै जना गायक गायिक लाेकप्रिय मानिन्छन् ।
करिब दुई हप्ता सञ्चालनमा रहेकाे कर्णाली एक्सपाे उत्साहजन रुपमा सफल भएकाे मानिन्छ । एक्सपाेमा कर्णालीमा उत्पादन भएका स्थानीय उत्पादनका साथै विभिन्न सामग्रीहरु सहुलियत दरमा उपलब्ध भएका थिए ।
कर्णाली एक्सपाेलाई थप आकर्षक र मनाेरञ्जन प्रदान गर्नका लागि राष्ट्रिय र स्थानीय कलाकारका साथै चर्चित हास्यब्यङ्ग्यकारहरुकाे प्रस्तुतिहरु रहेका थिए । समग्रमा कर्णाली एक्सपाेलाई दर्शकहरुले अत्यधिक मन पराएकाे कर्णाली एक्सपाेका प्रत्येक दिनका दर्शककाे संख्याले पनि दर्शाएकाे पाइन्छ ।