होमपेज / कला / साहित्य
सुर्खेत । उद्घाेषिका रिमा विश्वकर्मा कर्णाली एक्सपोको बिहीबारकाे प्रस्तुतिमा रहनेछिन् । उनकाे मनै लाेभ्याउने उद्घाेषण कलामा चर्चित गायक चक्र बमकाे प्रस्तुति रहने छ । साथमा गायकहरु शक्ति चन्द र कमल बिसीले पनि दर्शकहरुलाई भरपुर मनाेरञ्जन प्रदान गर्नेछन् ।
कर्णाली एक्सपाेलाई थप आकर्षक बनाउन गायिकाहरु बिमला घर्ती मगर र अन्जु बिश्वकर्माले पनि आफ्नाे धमकेदार प्रस्तुति दिनेछन् । कार्यक्रममा थप उर्जा थप्न आउँदैछिन् माेडल तथा डान्सर प्रिया केसी ।
मंगलबारकाे कार्यक्रममा चर्चित हास्यब्यङ्ग्यकार धुर्मुस सुन्तलिले दर्शकलाई निकै हँसाए । साथमा गायक गायिकाले पनि भरपुर मनाेरञ्जन प्रदान गरेका थिए।