ट्रेण्डिङ

होमपेज / कला / साहित्य

हिजाे माैसममा बदली भएपछि गायक रामजी खाँडकाे टाेली आज कर्णाली एक्सपाेमा आउँदै

आज पनि सुर्खेतकाे माैसम खराब

नेपालगाथा २०८० फाल्गुण २१ गते सोमबार ०५:४८:०० मा प्रकाशित

सुर्खेत । कर्णाली एक्सपोको छैटाैं दिन आइतबार खराब माैसमका कारण कर्णााली एक्स्पाेका सबै कार्यक्रम बन्द भएपछि लाेकप्रिय गायक रामजी खाँडकाे टाेलीले आज कर्णाली एक्स्पाेमा मनाेरञ्जन प्रदान गर्नेछ। गायक खाँडलाई साथ दिन हाउडेमायाले परिचित गायिका सिर्जना खत्री र अर्की गायिका रुपा घर्ती मगर पनि सुर्खेत आउँदैछिन् । साथमा उनीहरुलाई साथ दिन डान्सर तथा माेडेल प्रकाश साेनी र रुबिना अधिकारी पनि कर्णाली एक्स्पाेकाे स्टेजमा उर्तनेछिन् । 

उक्त कार्यक्रमकाे उद्घाेषणकाे जिम्मा विन्दु थापाले लिएकी छिन् । सुर्खेतकाे माैसम सिमसिम पानी परेकाे भए पनि आज गायक रामजी खाँड, गायिकाहरु सिर्जना खत्री र रुपा घर्ती मगरले सुर्खेत तताउने अपेक्षा गरिएकाे छ । 

शनिबारकाे कार्यक्रममा पानी परे पनि गायक प्रकाश सपुतले कर्णाली एक्स्पाेलाई तताएका थिए । 

खराब माैसमका कारण कर्णाली एक्स्पाेका आइतबारका सम्पूर्ण कार्यक्रम बन्द गर्नुपरेकाेमा कर्णाली एक्स्पाे परिवारले दर्शकहरुलाई पर्न गएकाे असुविधाप्रति क्षमा याचना गरिसकेकाे छ । तेस्राे कर्णाली एक्सपाे मुल आयाेजक समितिका प्रवक्ता भद्र भण्डारीद्वारा हस्ताक्षरित पत्रमा स्थिति सहज हुनेवेलासम्म धैर्यधारण गरिदिनहुन समेत आग्रह गरिएकाे छ । 

आज पनि माैसम खराब भएपछि तेस्राे कर्णाली एक्सपाे मुल आयाेजक समितिले कुनै निर्णय लिन सक्ने सम्भावना देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top