होमपेज / कला / साहित्य
सुर्खेत । कर्णाली एक्सपोको छैटाैं दिन आइतबार आज लाेकप्रिय गायक रामजी खाँडकाे टाेलीले मनाेरञ्जन प्रदान गर्नेछन् । गायक खाँडलाई साथ दिन हाउडेमायाले परिचित गायिका सिर्जना खत्री र अर्की गायिका रुपा घर्ती मगर पनि सुर्खेत आउँदैछिन । साथमा उनीहरुलाई साथ दिन डान्सर तथा माेडेल प्रकाश साेनी र रुबिना अधिकारी पनि कर्णाली एक्स्पाेकाे स्टेजमा उर्तनेछिन् ।
उक्त कार्यक्रमकाे उद्घाेषणकाे जिम्मा विन्दु थापाले लिएकी छिन् । सुर्खेतकाे माैसम सिमसिम पानी परेकाे भए पनि आज गायक रामजी खाँड, गायिकाहरु सिर्जना खत्री र रुपा घर्ती मगरले सुर्खेत तताउने अपेक्षा गरिएकाे छ ।
हिजाे शनिबार पानी परे पनि गायक प्रकाश सपुतलाई दर्शकहरुले भरपूर्ण साथ दिएका थिए । शनिबार प्रकाशले सुर्खेतकाे वातावरणलाई तताउने काम गरेका थिए ।