होमपेज / कला / साहित्य
सुर्खेत । कर्णाली एक्सपोको पाँचाै दिन शनिबार लाेकप्रिय गायक गायक प्रकाश सपुत र गायिका प्रिती आलेले शनिबार स्टेज तताउने छन् । साथमा माेडल माला लिम्बु, डान्सर चित्रा पुनकाे समेत प्रस्तुति रहनेछ । यसैगरी शनिबारका दर्शकलाई भरपुर मनाेरञ्जन प्रदान गर्नका लागि डान्सर तथा माेडल टीका जैशी र बबिन सिह ठकुरीकाे समेत दमदार प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।
शनिबारकाे राेचक मनाेरञ्जनात्मक कार्यक्रमलाई पत्रकार पुरुषाेत्तम सापकाेटा र अनिल सुनामले उद्घाेषण गर्नेछन् ।
तेस्राे कर्णाली एक्स्पाे फागुन २३ गतेसम्म सञ्चालन हुने आयाेजकले जनाएकाे छ ।