ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गजल

सीता यरी

नेपालगाथा २०८० पौष २७ गते शुक्रबार १९:३६:१६ मा प्रकाशित

स्थाइ ठेगाना पनि अस्थाइ हुन्छ ।

मन हो मनको बसाइँसराइ हुन्छ ।।

 

मिल्दा पो छाता र भर्याङ.बनिदिन्छन् ।

नमिले संसारको दुश्मन दाजुभाइ हुन्छ ।।

 

मान्छे दुखेको भए तिमीलाई भन्थेँ ।

देश दुखेको छ कोसँग दबाइ हुन्छ ? ।।

 

ए मान्छे अरूकै कुरा गरेर समय बर्बाद नगर ।

बरु दैनिकी लेख सबैको आफ्नै भोगाइ हुन्छ ।।

सुर्खेत 

प्रतिक्रिया

सम्बन्धित खवर

Top