होमपेज / कला / साहित्य
काठमाडौं । माेडल तथा अभिनेत्री दिपाशा बिसीको आज निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकी बिसीकाे आज दिउँसो अस्पतालले मृत घोषणा गरेको हो । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए ।
सुर्खेत घर भएकी दिपाशा आर्थिक समस्याबाट गुज्रिरहेको बुझिएको छ । त्यसो त दिपाशा म्यूजिक भिडिओमा सक्रिय नै थिइन् । देश तथा विदेशका स्टेज शोमा पनि उनको डिमान्ड थियो ।
दिपाशाले व्यवसाय पनि गर्थिन् । उनले काठमाडौं मलमा ब्युटी पार्लर चलाउँदै आएकी थिइन् । बाहिरबाट आर्थिक स्रोत राम्रै देखिए पनि उनी कसरी समस्यामा परिन् भन्ने खुल्न सकेको छैन ।