होमपेज / कला / साहित्य
काठमाडौं । पाचौँ संस्करणको सहारा ग्रुप सगरमाथा म्युजिक अवार्ड २०८० हुने भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्दन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ साेही अवार्ड हुन लागेकाे हाे ।
ज्योति विकास बैंकको प्रस्तुति रहेको यस संस्करणको अवार्डमा अर्थ नेपाल प्रालिको आयोजना, टोखा नगरपालिकाको सहकार्यमा सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ । उक्त अवार्डका लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा २०७९ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
उक्त म्युजिक अवार्ड २०८० मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।
यस ग्रुपले सहारा राइड सेयरिङ एप, सहारा टेक्नोलोजी सञ्चालन गर्दै आएको छ । सगरमाथा म्युजिक अवार्डका चार संस्करण भब्य रुपमा सम्पन्न भइसकेका छन् ।