होमपेज / कला / साहित्य
काठमाडौं । लोकगायक बिक्रम बुढा क्षेत्रीको ‘अछाम जिल्ला तेरा मेरा’ देउडा गित सार्वजनिक भएको छ । बिक्रम बुढा क्षेत्रीको शब्द संकलन रहेको गीतमा गायक विक्रमलाई गायिका सुनिता बुढा क्षेत्रीले साथ दिएकी छिन् ।
बिक्रम बुढा क्षेत्रीको अफिसीयल युट्युव च्यानल बिक्रम बिसीमा गीतलाई हेर्न र सुन्न सकिनेछ ।
‘अछाम जिल्ला तेरा मेरा’ गीतमा बिक्रम चौहान र जुना कार्कीले अभिनय गरेको गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । राग रेकर्डिङ स्टुडियो न्यू प्लाजा काठमाडोंमा रेकर्डिङ भएको गितको एरेन्जर र मिक्सिङ आशिष अविरलले गरेका हुन् ।
लक्ष्मण चौहानले सम्पादन गरेको भिडियोलाई प्रकाश खड्का र उनको टिमले क्यामरामा कैद गरेका हुन् ।
गायक बिक्रम बुढा क्षेत्रीले यस अघि ‘घुमाउरो घुमाउरो कर्णाली, घाटगाउँमा दोमिल्ला’ र ‘बर्दियालाई सम्म, धोका दियौ मायालु मलाइ जा सम्म’ लगायत ‘जनवादी गीतका एल्वम’हरु समेत बजारमा आइसकेका थिए । केही समयको विश्राम पछि गायक बिक्रम फेरि ‘अछाम जिल्ला तेरा मेरा’ देउडा गीत ल्याएर बजारमा आएका छन् ।