ट्रेण्डिङ

होमपेज / कला / साहित्य

'अलि अलि' बाेलकाे म्युजिक भिडियो  सार्वजनिक

नेपालगाथा २०८० जेठ १४ गते आइतबार १५:३२:५३ मा प्रकाशित

काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक कृष्ण बस्यालको सुमधर स्वरमा सजिएको रोमान्टिक गीत 'अलि अलि' को म्युजिक भिडियो सार्वजनिक भएको छ।  युवा प्रेम र आकर्षणको भावानालाई समेटिएको यस गीतमा शब्द किशोर पोखरेलको रहेको छ भने संगीत सरोज पोखरेलको रहेको छ।  गीतलाई देबेश राईले संगीत संयोजन गरेका छन्।

जापानको विभिन्न रमणीय ठाउँमा छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोमा लक्ष्मण पुन (लक्स) र कामना फगामी मगर बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  गोविन्द विष्टले छायाँकन गरेको यस भिडियोलाई लक्स ले सम्पादन गरेका हुन्।

मिंग्मा शेर्पा सहायक निर्देशक रहेको यस गीतको भिडियोलाई लक्सको निर्देशनमा तयार पारिएको हो।  भिडियो 'बेजिला फिल्मस्'को युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top