ट्रेण्डिङ

होमपेज / कला / साहित्य

'किन किन' सार्वजनिक

नेपालगाथा २०८० जेठ ११ गते बिहीबार १५:१२:१४ मा प्रकाशित

काठमाडौं । गायक पवन विष्टको  सुमधुर स्वरमा सजिएको 'किन किन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

वरिष्ठ गीतकार विजय शिवाकोटीको शब्द रहेको गीतलाई संगीतकार राजु सिंहले संगीतवद्द गरेको छन् । गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् ।

गीतमा  प्रविशा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा स्वयम् गायक विष्ट, नायिका गरिमा शर्मा र सन्तोष बानियाँको अभिनय रहेकाे छ । भिडियो सन्तोष सेनको परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।

भिडियोमा महेश पौडेलको सिनेटोग्राफी छ भने सम्पादन र रंग सयोजन कृष्ण भण्डारीले गरेका छन् । ब्राडफोर्ड ग्लोबलको प्रस्तुति र प्रेम पुरी निर्माता रहेको गीतलाई 'नोभिस आर्ट'को  युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

नोभिस आर्टले यसअघि 'घाम छायाँ', 'तिमी बिना' बोलको म्युजिक भिडियोहरु निर्माण गरिसकेको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top