ट्रेण्डिङ

होमपेज / कला / साहित्य

'तिम्रो लागि' बाेलकाे म्युजिकमा रोमाण्टिक मुडमा देखिए पूजा र अनुज

नेपालगाथा २०८० बैशाख १७ गते आइतबार १४:०४:१६ मा प्रकाशित

काठमाडौं । केहि समय अघि भिडियो 'नौडाँडा पारी २' बोलको म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएका मोडल अनुज गुरुङको अभिनयमा रहेको  नयाँ म्युजिक भिडियो 'तिम्रो लागि' सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको यस गीतमा अभिनेत्री पूजा शर्मा र अनुज गुरुङको बीचको अन्स्क्रिन प्रेम देख्न सकिन्छ।

गीतमा लोकप्रिय गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ।  दिग्गज धौरालीको शब्दमा  रहेको यस गीतमा गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतवद्द गरेका हुन्। आदेश गुर्माचनको गीतमा  संगीत संयोजन रहेको छ।

बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। दिलु गुरुङ निर्मात्री रहेको भिडियोलाई  'बुढा सुब्बा डिजिटल' नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले दर्शक स्रोतालाई गीत र भिडियो हेरेर, सुनेर प्रतिक्रिया दिन आग्रह गरेको छ।  
 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top