ट्रेण्डिङ

होमपेज / कला / साहित्य

'यस्तो लाग्छ'

नेपालगाथा २०८० बैशाख ९ गते शनिबार १४:०३:१८ मा प्रकाशित

यस्तो लाग्छ आज भोलि बहाना खोज्दै छौ।
किन हो र अजिब अजिब चाहना खोज्दै छौ ।।
के सोच्दै छौ र प्रीय के पो रोज्दै छौ ।।।
यस्तो लाग्छ अब त छुटिने बहाना खोज्दै छौ ।।।।

            मेरो बयान अति गर्थेउ पहिले पहिले त ।
           आजकल किन अलि बडि  झर्कन खोज्दै छौ ।।।
           बहाना त के के बनाई  तर्कन खोज्दै छौ ।।।
           म त परे कोईला हजुर हिरा भेटेउ कि ।।।।
           यस्तो लाग्छ अब त नयाँ जिन्दगी सोच्दै छौ ।।।।।

भयो अब बहाना नबनाउ न धेरै ।
सिधै भन्देउ म बाट फर्कन खोज्दै छौ ।।
पुग्यो होला माया तिम्लाई  तेसैले त अब  ।।।
पराई ठान्छौ र त सिधै झर्कन खोज्दै छौ।।।। 
यस्ताे लाग्छ आजभोलि  म बाट तर्कन खोज्दै छौ ।।।।।
                       

शीतल भन्डारी (हुम्ला) 

प्रतिक्रिया

सम्बन्धित खवर

Top