ट्रेण्डिङ

होमपेज / कला / साहित्य

भिम र गरिमाको मनछुने अभिनय रहेको 'सुस्तरी सुस्तरी' बाेलकाे गीत सार्वजनिक 

नेपालगाथा २०८० बैशाख ३ गते आइतबार १६:२०:२३ मा प्रकाशित

काठमाडौं । व्यवसायी, फिल्म निर्माता एवम कलाकार भिम न्यौपानेले  'सुस्तरी सुस्तरी' बोलको म्युजिक भिडियो  सार्वजनिक गरेका छन्। कलाकार न्यौपाने अभिनित  यस गीतको म्युजिक भिडियोमा गरिमा शर्मा र शिर्वानी थापाको समेत अभिनय रहेको छ।  भिडियोमा  बुबा-छोरीको बन्धनको माया र मिठासलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ।

हृदयस्पर्शी  यस गीतमा भुवन न्यौपानेले शब्द स‌‍ङ्कलनमा गायक शिव परियारको सुमधुर स्वर सुन्न सकिन्छ। वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।  निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

'बिजी इन्टरटेन्मेण्ट' नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top