ट्रेण्डिङ

होमपेज / कला / साहित्य

मलाई जस्तो तिमिलाई पनि मेरो याद...

नेपालगाथा २०७९ चैत्र ४ गते शनिबार १०:४५:०५ मा प्रकाशित

मलाई जस्तो तिमिलाई पनि मेरो याद आउँछ कि
यो गाउँमा एक्लो हुँदा मेरो यादले सताउँछ कि
किन यो दिलबाट सम्झेर मन रुन्छ
एक चोटि बोलाऊ प्रिय तिमिलाई भेट्ने मन छ
 
टाढा  गएर पनि यो मनले याद गरिरहन्छ
 मेरो मनले विश्वास पनि तिमिलाई नै गर्छ
 पाएर साथ भविष्यमा खुसी भएर बाच्नेछु
यो दिलबाट तिमि सँग नाता जोडने छु
 
सधैँ मेरो आँखा वरिपरि घुमिरहन्छौ
यस्तै  छ मन मेरो मायाले सताउँछौ
खुसी भएर बाच्नुपर्छ यो मनलाई समालेर
सधैँ जिउने छु मैले तिमि सँग रमाएर
 
तिम्रो मनमा पनि सम्झनाले सताउँछ होला
मायाले मनलाई पगालेर भेट्न खोजेको होला

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया

सम्बन्धित खवर

Top