ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘प्रसाद २’को ट्रेलर सार्वजनिक

नेपालगाथा २०७९ फाल्गुण १९ गते शुक्रबार १२:०१:१३ मा प्रकाशित

काठमाडौँ  । चैत्रको २४ गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि फिल्म वैशाख १ मा आउने चर्चा थियो । तर थप ४ फिल्म आउने भएपछि यो फिल्म एक हप्ता अघि सरेको हो ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको यो फिल्मले राजनीतिक र सामाजिक कथालाई उठान गरेको छ । फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । उनीहरूको वैवाहिक जीवनपछि जातीयताको कारण आउने समस्या, त्यसमा अन्य व्यक्तिहरुले खेल्ने खेलको कथामा फिल्म बनेको वुझ्न सकिन्छ । ट्रेलर विपिनको वरिपरि घुमेको छ र उनले स्वाभाविक अभिनय पनि गरेका छन् तर ट्रेलरमा अर्पण थापाको उपस्थितिले ध्यान खिच्छ । नयाँ गेटअप र संवादको सहारामा अर्पणले ट्रेलरमा प्रभाव छाड्न सफल देखिएका छन् । 

फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा सुशील पौडेलको लेखन छ । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको संगीत छ । फिल्मको निर्माता सुदर्शन बस्नेत हुन् । सुभाष थापाको प्रस्तुतिमा तयार भएको फिल्मको ट्रेलरले बाबुराम बनेका विपिनको राजनीतिक यात्रालाई ठाउँ दिएको छ । एसजी फिल्मस्ले सुलभ थापा प्रोडक्शनसँग सहकार्य गर्दै यो फिल्मको निर्माण गरेको हो । ‘प्रसाद’ समीक्षागत रुपमा हिट भएपछि यसको निर्माण पक्षले यसको सिक्वेलको निर्माण गरेको हो । पहिलो भागमा रहेका निश्चल बस्नेत र नम्रता श्रेष्ठ फिल्ममा छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top