होमपेज / कला / साहित्य
गोडमेल गरी कोपिला भो, फूल्न छोडेपछि रोए ।
फूल चुडायौ वास्ना मर्यो, डुल्न छोडेपछि रोए ।।
जित्यौ तिम्ले हारे मैले त्यसैमा भो भलाई मेरो ।
सुख, दु:ख, वाचा, बन्धन, ताडेपछि रोए ।।
नाता साईनो बाटो अन्तै, मोडेपछि रोए ।।।
एउटालाई मन दिएर अर्कैसँग विवाह गर्यौ ।
मलाई जन्ती बनाई उसको, घुम्टो ओडेपछि रोए ।।
चुरा पोते सिन्दुर लगाई, छाती जोडेपछि रोए ।।।
जग्गे घुमी डोली चढ्दै, मलाई छोडेपछि रोए ।।।।
मनाेज बाेहरा (अनन्त )