होमपेज / कला / साहित्य
मरेको मान्छेले तर्साउँछ भन्छन् आमा ।
फर्किएर पुन: कसरी आउँछन् भन्छन् आमा ।।
एउटै आमाका सन्तान चिन्न गाह्रो भयो ।
कमलो त्यो तिम्रो मुटु ढुङ्गा भन्दा सारो भयो ।।
हजारौ ताराहरुमा जुन एउटै हुन्छ आमा ।
हजारौ मानिसमा खुन एउटै हुन्छ आमा ।।
धेरै हतार नगर तिम्रो समय भएको छैन ।
जबकी आफैसँग मेरो परिचय भएको छैन ।।
सम्झिन्छु भन्ने जतिले सम्झिएको कहाँ छ र ।
मेरो मनले तिमिलाई बिर्सिएको कहाँ छ र ।।
सबै कुरा त्यागेर ज्ञान सिक्न तिर लागाै ।
सबै नेपाली मिलेर देश निर्माण गर्नतिर लागौँ ।।
विवेक बोगटी
जन मावि विरेन्द्रनगर सुर्खेत