होमपेज / कला / साहित्य
काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी चयन सम्पन्न भएको छ।
फिचर फिल्मतर्फ अमेरिकाका जेफ मोनाहान र छोटा तथा वृत्तचित्रतर्फ इतामी बोर्जन मनोनित भएसँगै जुरी चयन सम्पन्न भएको हो। यसअघि फिचर फिल्मतर्फ प्रमुखमा भारतीय फिल्मका प्रसिद्ध समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियंका कार्की मनोनित भइसकेका छन् । जेफ मोनाहान अभिनेता, लेखक तथा निर्माता हुन्। उनका धेरै सृजनाहरू विश्व प्रसिद्ध छन्।
इतामी बार्जन फिल्म विशेषज्ञ तथा शिक्षाविद् हुन्। क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा उनले एथनोग्राफिक, डकुमेन्ट्री, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाउँदै आएकी छन् । यसअघि छोटा तथा वृतचित्रतर्फ प्रमुखमा बेइजिङ फिल्म एकेडेमीकी डिन ली रान र सदस्यमा माया एकेडेमीका इन्द्र लाल बलामी मनोनित भइसकेका छन् । निफको छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुनेछ । यस पटक महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने छ ।
ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको होराष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरूको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ । यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिनेछ। देशको ठूलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ ।