होमपेज / कला / साहित्य
मलाई गुरु र रवि उस्ता उस्तै लाग्छ ।
साहित्यकार र कवि उस्ता उस्तै लाग्छ ।।
ज्ञानको स्रोत अनुशासनको नारा हो यो ।
पुण्यभूमि र जनमावी उस्ता उस्तै लाग्छ ।।
कर्णालीमा शान बढ्दै छ यसको ।
इज्जत,प्रतिष्ठा र छवि उस्ता उस्तै लाग्छ ।।
पढ्छौ लेख्छौ हामी बालबालीकाहरु ।
भविष्य र भावी उस्ता उस्तै लाग्छ ।।
मृर्दुल खत्री
कक्षा ८
महाकाली सेक्सन
श्री जन माध्यमिक विद्यालय वीरेन्द्रनगर, सुर्खेत