ट्रेण्डिङ

होमपेज / कला / साहित्य

नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक

नेपालगाथा २०७९ माघ २६ गते बिहीबार १४:१३:४८ मा प्रकाशित

अमेरिका । नेपाल फिल्म सोसाइटी अमेरिकाको संरक्षकमा सुनिल पाठक मनोनित भएका छन्। बिगत लामो समय देखि अमेरिकामा बसेर नेपाली चलचित्रको प्रबर्द्धनमा लागि नेपाली कला संस्कृति, भाषाको संरक्षण तथा सम्बर्धन गर्दै आएका पाठक नेपाली समुदायमा मात्र नभई बिदेशी नागरिकहरुका बीचमा समेत उत्तिकै लोकप्रिय छन् । विशेष गरि नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गराउनु पर्छ भनेर लागिपरेका पाठक कलाकारहरुको समेत प्रिय पात्रका रुपमा परिचित भएका छन्।

नेपाल फिल्म सोसाइटी अमेरिकाको विधि विधान, विश्वसनीयता मर्यादा र सिद्धान्तलाई संरक्षकत्वको प्रदान गर्नेछ र संस्थाको गरिमालाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् भन्ने विश्वासका साथ संरक्षकको रुपमा चयन गरिएको नेपाल फिल्म सोसाइटी अमेरिकाका अध्यक्ष नबराज श्रेष्ठ बताएका छन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top