होमपेज / कला / साहित्य
नेपालगन्ज । ‘क्विनअफ रक’ टिना टर्नरको एल्बम ‘चिल्ड्रेन बियोन्ड’ गीतमा ३९ जना बालबालिकाले एक साथ विश्वशान्तिको प्रार्थना गर्दै सुरु भएको नेपालगन्ज लिटिल स्टार प्रतियोगितामा १३ बर्षिया क्रिष्पी सिंह ठकुरी विजेता घोषित भएकी छिन् । शनिवार सोल्टी वेष्टेन्ड प्रिमियरमा भएको पेजेन्टमा सोफिया स्कुलमा आठ कक्षामा अध्ययनरत क्रिष्पीले बेष्ट स्माइलउपाधि समेत जित्न सफल भइन् । कार्यक्रमको प्रमुख निर्णायक मिस नेपाल २०२० नम्रता श्रेष्ठले सोधेको प्रश्नमा उत्कृष्ट वक्तत्व सहित प्रस्ट जवाफ दिएपछि उनीविजेता घोषित भएकीथिइन् । भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्यलिएको बताएकीक्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन् ।
पहिलोपटक स–साना बालबालिकाहरुबीच प्रतिस्पर्धा गराइएको लिटिल स्टारमा स्प्रिङडेल स्कुलीकीयुनिसा डिसी फस्ट रनर अपघोषित भइन् । त्यसैगरी निमा शेर्पा सेकेन्ड रनरअप भइन् । १८ बर्षमुनिमात्र प्रतिस्पर्धा गराइएको यस विधामा निवेदिता न्यौपानेलाई अर्गनाइजर च्वाइस अवार्ड, समृद्धि क्षेत्रीलाई भ्युअर्स च्वाइस अवार्ड प्रदान गरियो । निवेदिताले बेस्ट वाक र फोटोजेनिक उपाधि समेत हासिल गरिन् ।
नेपालगन्ज स्थित शिखर प्लाई उद्योगका सहसंस्थापक रेखा बोथरा र कुसुम दुगड, नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, होटल सोल्टी वेष्टेन्ड प्रिमियरका महाप्रबन्धक राज विक्रम शाह र आयोजक लिभवेलका अध्यक्ष कल्पना खड्काले विजेतालाई पुरस्कृत गरेका थिए । केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले समेत शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्राइमेरीतर्फ मनन श्रेष्ठ विजेता घोषित भए । यसमा प्रान्जयचन्द ठकुरी फस्र्ट रनरअप, गीर्वाण राज शर्मा सेकेन्ड रनरअपभए । त्यसैगरी छात्रातर्फ प्रणिती खड्का विजेता बन्दा साइसा लामिछाने फस्ट रनरअप, प्रसन्न उपाध्याय सेकेन्ड रनरअप, श्रीयन्श शाह र शिवान्जली अवस्थी भ्युअर्स च्वाइस अवार्डले पुरस्कृत भए । त्यस्तै प्रि स्कुल तहमा अधिरा बहेलिय विजेता भइन् । त्यसमा इशिका यरी फस्ट रनरअप, कृस्टिना थारु सेकेन्ड रनरअप भए । छात्रतर्फ परमार्थ प्रताप सिंह विजेता बने । निशाद नेपाल फस्ट रनरअप र राइडेन लामा सेकेन्ड रनरअप भए । हरेकलाई श्रीमदभाग्वत गीता उपहार प्रदान गरिएको थियो ।
बुद्ध र वेदलाई विश्वभर चिनाउन बालबालिकालाई लिएर ८३ बर्षकी टर्नरले एक दशक अघि अभियान थालेकी थिइन् । उनकै सम्मानमा स–साना बालबालिकाले एक साथ विश्वशान्तिको कामना गरेपछि कार्यक्रम सुरु गरिएको थियो । प्रतिस्पर्धी बालबालिकाले नृत्य, गायन, वत्तृत्व र प्रश्नोत्तर कार्यक्रममा पुर्णत नेपाली मौलिकता र संस्कृति झल्कने पहिरनमा स्टेजमा उक्लिएका थिए ।