होमपेज / कला / साहित्य
नेपाली हु आफैमा साहस छ
देशको निम्ति हामि सबैमा एकता छ
हामि विर नेपाली भनेर चिनिन्छौ
सुन्दर शान्तिको देश भनेर चिनाउछौ
यि हिमालहरुले विश्वलाई चिनाउछन
बुद्धको जन्मथलो भनेर सबैले चिन्दछन
सगरमाथा शिर हाम्रो नचिन्ने को छ र
विर पुर्खाको बलिदानलाई सबैले सम्झने गर
माटोलाई ढुङ्गाको भर , ढुङ्गालाई माटोको भर भए झै
देशको लागि केहि गर्न तप्तर हु सधै
सबै नेपालीले नेपालको बारेमा बोल्नुपर्छ
बुद्धको जन्मथलोको ईतिहासलाई चिनाउनुपर्छ
यो देशको मान राख्नलाई प्राण त्याग्न म छु तप्तर
विर पुर्खाको बलिदानलाई सबैले सम्झने गर
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी