होमपेज / कला / साहित्य
केही बर्ष अगाडि कुरा हो, मलाई भारतको बैङलुरु ( बैङलोर) घुम्न जान मन लाग्यो । काम विशेषले आन्ध्र प्रदेशको तेनाली पुगेको थिएँ । विजयवाडाको बस स्टेसन पुगेपछि बैङलोर पुग्ने ईच्छा जाग्यो । भतिज प्रवीण भुसाल(सुर्खेत निबासी) लाई मेरो ईच्छा ब्यक्त गरें । उनले सहजै मेरो कुरालाई स्वीकार गरे । "जानेभए जाऊँ अंकल, मेरा साथीहरु पनि छन् भेट पनि होला" भने । हामीले विजयबाडाबाट बैङलोर जाने बसको टिकट काट्यौं । भारतको रुपैेडियाबाट बहराइच दिल्ली, लखनउ चल्ने जस्तै बस त होलान् । कतै सिसा फुटेका, कतै सिटै च्यातिएका, बसकै बडीमा पान खाएर पिच्च थुकेका, बस गुडेपछि बसकै बडी हल्लिएर मेरै शरीरका करङ समेत हल्लिएको महसूस हुने भनी कल्पना गरेको थिएँ । तर बैङलोर जाने बसमा चढे पश्चात् मेरो कल्पना त्यसै बिलाएर गयो । तोकिएकै समयमा बस गन्तव्यतर्फ गुड्यो । एसी (AC) जडित बसभित्र टेलीभिजनको स्क्रिनमा `रोटी कपडा अौर मकान ´ , राही मनुवा दु:खकी चिन्ता किऊँ सताती है दु:ख तो अपना साथी है , तन डोले मेरा मन डोले भन्ने गीत घन्कियो । ड्राइभरलाई साउण्ड बढाउनु प-यो, घटाउनु भनेर कराउन कसैलाई कराउन परेन । सिटमाथि राखिएका च्यादरले जाडो महसुस गर्नेले ओढ्नू भन्ने संकेत गरेको थियो । बाटोमा न ट्राफिक नत पुलिसको कचकच । न बसभित्रै बसेका यात्रुका मुखाबाट निस्कने सोमरसको गन्ध बसभित्रै चर्पी कोठा (toilet ) रातिको नौ बजे देखि करिब तीन बजे सम्म बसमै पुलिसको सुरक्षा ढुक्कको यात्रा ।
विजयबाडाबाट करिब १३ घण्टामा म चढेको बस बैङलुरु बस स्टेशनमा गएर रुक्यो । प्रवीणले साथीको डेरामा पु-याए ।
अगाडि नै फोनबाट गरिसकेका रहेछन् क्यारे ! साथीहरुले खाना पकाइ सकेर साथै खाउँला भनेर हामीलाई पर्खेर बसेका थिए ।
नयाँ ठाउँमा पुगेपछि त्यहाँको सबै दृष्य नयाँ नै हुन्छ तापनि हामी नेपालीले हेर्ने प्राय: जहाँ गए पनि मन्दीर, टावर, चिडियाखाना, निकुञ्ज , संग्राहलय , ताल-तलैया नै हुन् । हामीलाई घरमा छिटो फर्कनु नै पर्ने भएकाले पूरै बैङलुरु हेर्न सक्ने अवस्था रहेन । तैपनि साइबाबाको बैङलोर आश्रम, स्काई टेम्पल, केही कलेज, विश्वविद्यालय र नेशनल पार्क हेर्ने निधो भयो । हामी बसेको स्थान देखि नेशनल पार्क अलि टाढा भएकोले नजिकैको साइबाबाको आश्रम जाने र नेशनल पार्क जाने निधो भयो ।
नेशनल पार्क जाने बस स्टपमा पुगेर हामीलाई थाहा भयो त्यहाँ त हाम्रो जस्तो बसमा गन्तव्य स्थान लेखिदो रहेनछ । नम्बर लेखिएको हुँदो रहेछ । हामी अलि अलमलमा प-यौं । कसैलाई सोधौ यी त नेपाली रहेछन् भनेर हाम्रो पछि लागेर लुटपाट गर्छ कि भन्ने डर । किनभने म उत्तर प्रदेश ,विहार ,उत्तराखण्ड तिर घुम्न जाँदा त्यहाँका भैयाहरुले खल्ती काट्ने देखि पर्स उडाउने सम्म , छेउमा बसेर बुङबुङ्ती बिडीको धुवाँ उडाउने देखि सुर्ती मोलेर थपडी बजाउँदै चुनाको धुलो उडाउने सम्म, फलामको टुक्रामा पहेलो जलप लगाई सुन हो भनी सिधा साधा नेपाली दाजुभाइको खल्ती रित्याएको सम्म, चाडबाडमा घर फर्कदा झोलै उडाएको सम्मको दृष्य देखेको सुनेको हुनाले बाटोमा देखिने, भेटिने उत्तर प्रदेश ,विहार, र उत्तरा खण्डका भारतीयहरु देखेका हुनाले सबै भारतीय प्रति त्यति सकारात्म सोच राख्ने, हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउन सकेको थिएन । सबै लुच्चा, फटाह मात्रै बस्ने ठाँउ हो भन्ने छाप बाल मष्तिष्क बाट नै थियो । राजनितिज्ञका भाषण सुन्दा भारतीय विस्तारवादको नाराले पनि उनीहरुलाई देख्दा नैे मन कुँडिएर आउँथ्यो ।
नेशनलपार्क जाने पनि मन ,तर मनको बाघले गर्दा जसलाई मनलाग्यो उसलाई सोध्न पनि डर । नसोधी पनि नहुने । त्यसैले अलि दुब्लो, पातलो , आफू भन्दा कम उमेरकालाई सोध्नु प-यो , यदि यसले अर्कै ठाउँ पु-याएर एकान्तमा पारेर लुटपाटै गर्न लाग्यो भने काका भतिजाले त्यस्तालाई मजाले भकुर्न सकौला भन्ने मैले सोचें । नभन्दै मैले सोचेको जस्तो करिब १८, १९ बर्ष जतिको केटालाई ओ भैया ! नेशनल पार्क जाने कै नम्बरकि गाडी है ? २६ नम्बर कि। कहाँ से आयो हो । विहार के हो तुम?
नही नेपाल से ।प्रवीणले उत्तर दिए ।
अच्छा ! गाडी यही पर आएगी भनेर केटो अलि पर गयो । चहलपहल बढ्दै गयो । त्यो केटाले हामीलाई टाढैबाट नियाली रहेको थियो । हामी ओझेल पर्न खोजे पनि उसले हामीलाई नियाली रहेको थियो ।
ओ!हो यो केटाले हामीलाई पछ्याई सक्यो, वेकारमा सोधिएछ, यसले भनेको बसमा जाने कि नजाने मेरा मनमा अनेकौं शंका उपशंका उब्जिन थाले । किनकी यस्तै सोधाइका कारण भारतकै बृजमनगंजमा रिक्सावाले गर्न खोजेको ब्यबहार झलक्क संझे।
सर जी बस आ गई, यही है २६ नम्बरकी बस भन्दै उहीँ केटो टुप्लुक्कै आइपुग्यो । र झोला बोक्न खोज्नखोज्दै हामीलाई बसभित्र बसाउन खोज्यो । यही बस है इधर उधर मत उतर्ना । सिधी नेशनल पार्ककी गेटकी सामने रुकेगी ।गेटकी सामने टिकेट काटलेना ।अन्दर जाकर जीपमे जाना हो व पैदल, आपकी मर्जी । बहुत दूर से आएहो इसलिए देख्नेके लिए तो पैदल ही अच्छा होगा भनेर हामीलाई अर्को गाइड नै नचाहिने गरि सिकाइ दियो ।
अब मै जाता हुँ गाडी दस मिनेट कि वाद चलेगी भनेर निस्कदै थियो म पनि उसैसंग बाहिर निस्के । हत्केलमा चपक्क समाएर धन्यवाद दिदै भने । भाइ साहाब! तुम जौन सौहार्यता निभाए आपके लिए धन्यवाद । मैने जो विहार उत्तर प्रदेशके आदमी देखकर तुम लोक का भि उसी नजर से...। मेरो वाक्य नटुङ्गिदै भन्यो । हाँ विहारी लोगौको आन्ध्रा,महाराष्ट कर्णाटक मे भि अच्छि नहि मानते है ।अपने देशबासीयों का भी उनके ब्यबहार ,बान से अच्छे नहि मानतेे।
ठीक हे आपका बहुत-बहुत धन्यवाद।भन्दै बिदा हुँदै थिएँ ।य तो हमारा फर्ज है । हमारा कर्तव्य है । तुम लोग तो हमारे गेष्ट हो ।गेष्टको अच्छी व्यवहार करने से व दुवारा आसक्ता । अच्छि ब्यबहार करना, सच्ची बात बतान, शहरको निटअौर क्लिन रखना, पौष्टिक खाना बनाके देनेसे पर्यटक आएङ्गे, पर्यटन विकासे व्यापार विकास,,यातायात विकास, उद्योगके विकास, लगायत धेरी चिजका बिकास होगा, लोगोकी आर्थिक जीवन स्तर बढेगी ...। ठिक है दुसरीबार जरुर आना भनेर मेरो हात दरिलो गरि समायो ।बसले हर्न बजाउदैथियो । म बस भित्र पसें भतिज प्रवीण र म बसमा बस्यौ। त्यस केटोले बाहिरैबाट हात हल्लाउँदै बिदाइ गर्दै थियो । यति सज्जन र भलादमी मान्छे पनि त बस्ता रहेछन् । हामीलाई बस स्टपमा नियालेर हेरेको त मलाई "बनको बाघले नखाएर मनको बाघले खाएको" पो महसूस गर्दै नेशनल पार्कतिर हुँक्कियौं ।