ट्रेण्डिङ

होमपेज / कला / साहित्य

पत्रकार तथा कवि नवीन अभिलाषीको 'मौलामा बाँधिएको राँगो' विमोचन

नेपालगाथा २०७९ जेठ २९ गते आइतबार १४:४४:५८ मा प्रकाशित

काठमाडाैं ।  पत्रकार तथा कवि नवीन अभिलाषीको कविता संग्रह  'मौलामा बाँधिएको राँगो' को एक कार्यक्रमका बीच विमोचन गरिएको छ । डा. अमर गिरीको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका अध्यक्ष टीकाराम उदासीको सभापतित्वमा बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रमको आयोजना गरी कविता संग्रहकाे विमोचन गरिएको हाे ।

मोफसलमा बसेर करिब एक दशक देखि साहित्य तथा पत्रकारिता गर्दै आइरहेका कवि नवीन अभिलाषी नेपाली साहित्य क्षेत्रका नवीनतम साेच भएका सर्जक हुन् । कार्यक्रममा बोल्दै कवि, लेखक तथा समालोचक महेश पौड्यालले संग्रहमा मानव जीवनका यावत उत्साह निराशा, आवेग र मानवीय चेतहरु सुन्दर रुपले प्रस्तुत गरिएको हुँदा हुँदै पनि कवि मनले सामाजिक , आर्थिक, राजनैतिक परिवर्तनका लागि मानव जीवनका निराशाजनक आवेगहरुलाई उत्साहमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

यसैक्रममा पाठकीय समीक्षकको रुपमा प्राध्यापक कवि तथा लेखक सविता विमलीले प्रत्यक्ष रुपमा खण्ड विभाजन नगरिएता पनि मूलतः ५ खण्डमा विभाजित प्रस्तुत कृतिले सामाजिक सांस्कृतिक सीमान्तकृत प्रेमिल र राजनैतिक मुद्दाहरु लेखनमा फरक धारका रुपमा बिकशित भइरहेको परिप्रेक्ष्यमा यो कविता संग्रहले यथार्थतालाई टेकेर विचार र मुद्धाहरु जोडदार रुपमा उठाइएको रुपमा आफूले पाएको महशुस गरेको बताएकी छिन् । उनले हरेक मानिसले जीवनमा भोगेका परिघटना सशक्त रुपमा कविताको रुपमा प्रस्तुत हुन नसक्ने भएपनि कविले त्यसलाई सुक्ष्म रुपमा काब्यकी शिल्पको प्रयोगले मानवीय सम्बेदनालाई झंक्रित पार्ने सार्थक प्रयास गरेकोमा खुशी ब्यक्त गरेकी छन् ।

कार्यक्रममा प्रमुख अतिथि कवि तथा समालोचक डा। अमर गिरीले साहित्य आकाशमा कवितालाई सर्वप्रिय बिधाको रुपमा लिइएपनि सबल रुपमा कविता न्यून रहने परिप्रेक्ष्यमा प्रस्तुत संग्रहले वर्तमान समयको पदचापलाई पछ्याएको बताएका छन् । वर्तमान परिप्रेक्षमा समाज मात्र नभएर देश अनि पुरा बिश्वकै स्पष्टता रुपमा समस्याग्रस्त रुपमा रहेकोले कविले लेखकीय अनुशासनको सिमा भित्र रहेर सन्तुलन मिलाउने प्रयास गरेकोमा सन्तोष ब्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै सर्जक कवि नवीन अभिलाषाले यथार्थताको धरातलबाट आफुले कविता सृजना गरेको भएता पनि कृतिमा प्रस्तुत गरिएको सम्पूर्ण पक्षप्रति  सचेत रहँदै र भोलिका दिनमा प्राप्त रहने सार्थक अनि यथार्थपरक प्रतिक्रियाको उचित मूल्यांकन गर्दै आगामी लेखन कार्यमा सुधार गर्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top