होमपेज / कला / साहित्य
काठमाडौं। शिवहरि पौडेलको निर्देशनमा बनेको फिल्म 'लक्का जवान'को ट्रेलर सार्वजनिक भएको छ। हास्यव्यंग्य जनरामा बनेको फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो। 'जिरे खुर्सानी' नामक हास्य टेलिशृंखलाको लेखन तथा निर्देशन गरेका पौडेलको 'लक्का जवान' लेखक निर्देशकको रूपमा पहिलो फिल्म हो। उनले छ एकान छ, वडा नम्बर छ, छक्का पञ्जा लगायतका फिल्ममा अभिनय गरिसकेका छन्।
अनसुया श्रेष्ठको निर्माणमा बनेको फिल्ममा दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, किरण केसी, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशनसँगै फिल्मको कथा, पटकथा पनि पौडेलकै हो भने उनले फिल्ममा सानो भूमिकामा अभिनय पनि गरेका छन्। कोरोनाका कारण दुई वर्ष प्रदर्शन रोकिएको फिल्म आगामी वैशाख १३ देखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।