ट्रेण्डिङ

होमपेज / कला / साहित्य

प्रबेशको पहिलो गीत 'अनलाईन' सार्वजनिक (भिडियो) 

नेपालगाथा २०७८ पौष १८ गते आइतबार ११:२०:०० मा प्रकाशित

काठमाण्डौँ । नयाँ वर्ष २०२२ को शुभ अवसर पारेर नव गायक प्रबेश राईले  आफ्नो पहिलो सांगीतिक सौगात 'अनलाईन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ। गीतलाई जीआर उप्रेतीले  संगीत संयोजन गरेका हुन्। आजको युवा पुस्तामा फेसबुक मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा व्यक्त गरिएको छ।  अनलाईनमा भएकी प्रेमिकाले  म्यासेजमा जवाफ नफ़र्काउदाको बेखुशी भिडियोमा प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा गायक प्रबेश राई, श्रीजना  भुजेल र बादल मगरको अभिनय रहेको छ। भिम लामिछानेले छायाँकन गरेको भिडियोलाई राजेश शाहले सम्पादन गरेका हुन्।  प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई 'ओएसआर डिजिटल'को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बसोबास गर्दै आइरहेका गायक राई नेपाली गीत संगीतलाई मनै देखि माया गर्छन्। आगामी दिनहरुमा अझै स्तरिय सिर्जना सार्वजनिक गर्दै जाने बताउने गायक राईले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top