ट्रेण्डिङ

होमपेज / कला / साहित्य

रचनाको स्वर, नविनको संगीतमा 'चोखो माया' सार्वजनिक (भिडियो)

नेपालगाथा २०७८ मंसिर १९ गते आइतबार ११:४५:३४ मा प्रकाशित

काठमाडौं । अमेरिकाको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको पूर्ण लम्साल र बिष्णु मिश्र बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण 'चोखो माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक  रंजन राईको सुमधुर स्वर सुन्न सकिन्छ।  रवि मल्लको शब्द रहेको यस गीतलाई  नविन कार्कीले   संगीतवद्द गरेका हुन्।  गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

शैलेश घलेले छायांकन गरेको  भिडियोलाई   बिष्णु खड्काले  सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top