ट्रेण्डिङ

होमपेज / कला / साहित्य

रानीको गीतमा भुवनको मैसाब बनिन् सृष्टि (भिडियो)

नेपालगाथा २०७८ मंसिर १८ गते शनिबार १३:५०:२२ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्रका सदाबहार नायक भुवन के सी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत ‘घरमा आइसियोस न’ मा नायक  भुवन के सी र  मोडेल सृष्टि खड्काको अभिनय रहेको छ। प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक केसी  मैसाव सृष्टिलाइ भेट्न घोडचडीदेखि, दरबारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ।

घरमा आइसियोस न गीतमा कृष्ण भारद्वाजको म्युजिक कम्पोज र विशम आचार्यको एरेन्जमेन्ट रहेको छ। सन्तोष राजबाहकको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र  विकास दाहालको सम्पादन रहेको छ। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top