ट्रेण्डिङ

होमपेज / कला / साहित्य

गीतकार प्रलाद शाहको  'सितल जुन'  सार्वजनिक (भिडियो)

नेपालगाथा २०७८ मंसिर ९ गते बिहीबार १०:३९:३१ मा प्रकाशित

काठमाडौँ । 'परानै दिन्छु', 'सुनन', 'मेरी आमा', 'मंगली', 'भेट हुँदा' लगायत थुप्रै चर्चित गीतहरुका गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको सितल जुन' बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर  गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल सिजन ३ मा कान्छो प्रतिष्पर्धीका रुपमा चिनिएका प्रतिभावान गायक आर्यन तामाङको रहेको छ।  कल्याण सिंहले  संगीतवद्द गरेको गीतलाई  गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा दिपक घिमिरे  र पुजा ठाकुरलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।  

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।  होप इन्टरनेशनलले  प्रायोजन गरेको  भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।  भाका इन्टरटेनमेन्टको आधिकारिक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top