ट्रेण्डिङ

होमपेज / कला / साहित्य

सुदिपले ल्याए 'एक बचन बोल्दैमा' (भिडियो)

नेपालगाथा २०७८ मंसिर ५ गते आइतबार १२:१८:१९ मा प्रकाशित

काठमाडौँ । 'उडी जाने पन्छी' बोलको  भिडियोको सफलता पश्चात गायक सुदिप कुमार थकालीले 'एक बचन बोल्दैमा'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ।  राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।  


यसअघि गायक थकालीले  'रेलको धुवाँ', 'एउटै मुटु', 'ॐ शान्ति ॐ', बोलको म्युजिक भिडियोहरु  सार्वजनिक गरिसकेका छन्। निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top