ट्रेण्डिङ

होमपेज / कला / साहित्य

चन्द्रको स्वर, नताशाको संगीतमा 'एकै नजर'को म्युजिक भिडियो सार्वजनिक (भिडियो)

नेपालगाथा २०७८ आश्विन २२ गते शुक्रबार १३:५६:२० मा प्रकाशित

काठमाडौँ । अमेरिकाको एट्लाण्टा सहर निवासी  गायक चन्द्र लावारले आफ्नो दोस्रो गीत 'एकै नजर'को  म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ। गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने संगीत नताशाको रहेको छ।  यस गीतलाई साहिदले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा प्रविन तामाङ, सुवानी मोक्तान, शंकर वाइबा र जेनिस तामाङ फिचर्ड छन्। रवि रोक्काले छायांकन गरेको भिडियोलाई अनोज सुनारले सम्पादन गरेका हुन्। प्रविन तामाङको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो। गायक लावारको आधिकारिक च्यानल 'चन्द्र लावार' मार्फत भिडियो सार्वजनिक भएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top