ट्रेण्डिङ

होमपेज / कला / साहित्य

दिनेश र बिष्णु अभिनित  'रिसाउ न त रिसाउ' (भिडियो)

नेपालगाथा २०७८ आश्विन १३ गते बुधबार १६:५९:४० मा प्रकाशित

काठमाडौं । अमेरिकामा साइबर सेक्युरेटी एनालिस्ट इन्जिनियरका रुपमा कार्यरत दिनेश खनाल पहिलो पटक  'रिसाउ न त रिसाउ' बोलको गीत मार्फत  अभिनयमा डेब्यु गरेका छन्। गायक प्रताप दासको स्वर रहेको  गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ।  नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्।  अमेरिकामा छायांकन भएको  भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ।  



म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  मोडल खनालको आधिकारिक च्यानल 'दिनेश खनाल अफिसिएल' मार्फत भिडियो सार्वजनिक गरिएको हो।  म्युजिक भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top