ट्रेण्डिङ

होमपेज / कला / साहित्य

अफ्रिता र राजको सहकार्यमा 'कस्तो त्यो वेदनाले' सार्वजनिक ( भिडियो )

नेपालगाथा २०७८ आश्विन १० गते आइतबार १८:२२:३९ मा प्रकाशित

काठमाडौं । 'कस्तो त्यो वेदनाले' बोलको सेण्टिमेण्टल भर्सनको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ। यस गीतमा स्वर भोइस अफ नेपाल सिजन - ३ कि सेमी फाइनलिस्ट प्रतियोगी अफ्रिता खड्गीको रहेको छ।  राज लिम्बुको यस गीतमा शब्द, संगीत रहेको छ।  गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ।  भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको  समेत अभिनय समावेश छ।  



भिडियोमा इसाक जबेगुले छायांकन रहेको छ। सहायक छायाँकार  धिरेन तुम्बापो लिम्बु रहेका छन्।  भिडियोमा संजु थलाङको मेकअप रहेको छ। हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो। 'राज लिम्बु अफिसिएल' मार्फत  भिडियो सार्वजनिक भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top