ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बेलायत निवासी गायिका पारु राईको 'यो माया होइन र' सार्वजनिक (भिडियो)

नेपालगाथा २०७८ आश्विन ५ गते मंगलबार १४:५७:२२ मा प्रकाशित

काठमाडौं। माया प्रेमका कुरा, र समाजमा घटिरहने समसामयिक घटनाहरुलाई समेटेर तयार पारिएको  'यो माया होइन र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा बेलायत निवासी गायिका पारु राईको स्वर, शब्द रहेको छ।  युगल गायनमा रहेको यस गीतमा गायक मनोज थापा मगरको संगीत र संगीत संयोजन रहेको छ।  सम्पूर्ण रुपमा बेलायतका विभिन्न  रमणीय स्थलहरुमा छायांकन गरिएको यस भिडियोमा  विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलिप राईको समेत अभिनय देख्न सकिन्छ।  



पारु राई र सुर्य मोक्तान तामाङ सहायक निर्देशक रहेको भिडियोलाई  कुशल श्रेष्ठको छायांकन र निर्देशनमा तयार पारिएको हो।  गायक थापा मगरको आधिकारिक च्यानल 'मनोज थापा मगर' मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

(भिडियो) 

प्रतिक्रिया

सम्बन्धित खवर

Top