ट्रेण्डिङ

होमपेज / कला / साहित्य

लक्ष्मी र पूर्णको रोमान्सले भरिपूर्ण 'एकादेशको कथा' सार्वजनिक (भिडियो)

नेपालगाथा २०७८ भाद्र ३० गते बुधबार १९:०७:०४ मा प्रकाशित

काठमाडौँ । पूर्ण लम्साल र लक्ष्मी ओली अभिनित 'एकादेशको कथा' बोलको अर्को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।  यसअघि यी दुईको अभिनयमा रहेको  'भुलीदेउ' बोलको म्युजिक भिडियो केहि महिना अघि सार्वजनिक भएको थियो।  भर्खरै सार्वजनिक नयाँ गीतमा गायक हिमाल सागरको स्वर, संगीत सुन्न सकिन्छ।  गीतमा श्याम पराजुलीको शब्द रहेको छ भने संजय हमालले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  



गायक हिमाल सागरका  अनुसार छायांकन एयरपोर्टनै २ घण्टा होल्ड गरेर  गरिएको थियो।   अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन भएको  हो। सबै काम अमेरिकामा गरिएको यस भिडियोले बाहिर बसेर पनि स्तरिय भिडियो बनाउन सम्भव छ भन्ने पुस्टि गरेको निर्माण टिमले बताएको छ। प्रविन मानन्धरले सम्पादन गरेको  यस भिडियोलाई  दिलकृष्ण श्रेष्ठले  निर्देशन गरेका हुन्।  यमुना लम्साल प्रस्तुतकर्ता रहेको यस भिडियोको निर्मात्री बिष्णु मैनाली लम्साल हुन्।  पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत  भिडियो सार्वजनिक भएको हो।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top