होमपेज / कला / साहित्य
तिमी हामीबाट टाढा गएको पनि बर्षदिन पुगेछ,
धागो चॅूडिएको चंगाजस्तै जीवन बत्तासिएको छ।
आक्कलझुक्कल सपना बाहेक कहिं कतै भेट भएन !
तिम्रा उपहार, कृति र स्मृति बाहेक अरू क्यै रहेन !!
मृत्यु अन्तिम सत्य हो भनि बिर्सेका रहेछौ हामीले,
जस्तो छौ जहॅा छौ मार्गनिर्देश गर्दै रहनु तिमीले।
चारदशक लामो सहयात्राको संझना राख्नेछु सम्हाली !
बाध्यतालाई साक्षी राख्दै अर्पण गर्छु भावपूर्ण श्रद्धान्जली !!