ट्रेण्डिङ

होमपेज / कला / साहित्य

देखे जब उनीलाई'मा रोमाण्टिक मुडमा देखिए प्रकाश र प्रजिना ( भिडियो )

नेपालगाथा २०७८ भाद्र २६ गते शनिबार १९:०४:३७ मा प्रकाशित

काठमाडौँ । नारायण सुवेदी 'आभाष'को संगीतमा रहेको  'देखे जब उनीलाई' बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार, कवियत्री  तथा फिल्म निर्मात्री अनु शाहको शब्द रहेको यस गीतमा स्वर लोकप्रिय गायक जगदीश समालको रहेको छ। यस  गीतलाई फणिन्द्र राईले  संगीत संयोजन गरेका हुन्।  

रोमाण्टिक भर्सनको यस गीतको सम्पूर्ण छायांकनअमेरिकामा नै  भएको हो। म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।  राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।  

ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top