होमपेज / कला / साहित्य
म
लास जलेपछिको खरानी हुँ ।
पिण्ड हुँ,
पितृको नाममा खोलासँगै बगी गएको
म टिला हुँ, जौँ - तिल हुँ ।
लास अघि अघि फ्याँकिएर पनि भूईमै छुटि गएको ।
म चप्पल हुँ ।
घाट मै कृयापुत्रीले छोडाई बिर्सेको
जल प्रवाहसँगै बगी गएको - मुण्डन गरेको केश हुँ ।
म बाँस हुँ,
लाससँगै आधा जलेर आधा बाँकी रहेको,
म
लास जलेपछिको खरानी हुँ ।
मलामीले पनि छोडि हिडेको खरानी हुँ ।