होमपेज / कला / साहित्य
व्यूझिँदा मेरा आँखाहरु थिएनन् ।
मात्र एउटा सपनाको धुमील प्रतिच्छायाँ थियो ।
आँखा नै हराइसकेपछि,
यो आँखाहरुको भीडमा अब कसरी छुट्याउँ मेरा आँखाहरु ?
कसरी खोजुँ ?
प्रीय स्मारिका,
मलाई तिम्रो आँखाहरु सापट देउ,
म तिम्रो आँखाहरुले मेरा आँखाहरु खोज्न चाहन्छु ।
काेहलपुर, बाँके