ट्रेण्डिङ

होमपेज / कला / साहित्य

यहाँ केहि छैन, दु:ख छ, मसीले अक्षर भैसकेपछि नीवलाई नसम्झने चलन छ

नेपालगाथा २०७८ भाद्र ३ गते बिहीबार १४:५९:५३ मा प्रकाशित

खबर

‍---------------------

यहाँ केहि छैन ।

दु:ख छ ।

मसीले अक्षर भैसकेपछि

नीवलाई नसम्झने चलन छ ।

भीडमा हाँसेर

बेलुका एकान्त खोज्दै रुने चलन छ ।

यहाँ अरु केहि छैन

आँसु छ ।

हातमा सीसाका टुक्राहरु छन्

र भूइँमा रगतका थोपाहरु ।

भिजेका आँखामा

स्मृतिको धमिलो छाँया छ ।

गलामा रुद्ध भएको एक हिक्का छ ।

यहाँ अरु केहि छैन,

भर्खर गएको पहिरो छ ।

भर्खर चट्याङ्ग खसेर

ओर्देको भुई जस्तो मन छ

भर्खर ट्याटु खोपेर

चर्चराईरहेको छाला जस्तो

कब्जामा परेको काबुल जस्तो

यो जिन्दगी छ ।

अरु केहि छैन

प्रतिक्रिया

सम्बन्धित खवर

Top