ट्रेण्डिङ

होमपेज / कला / साहित्य

‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि किरण गजमेरलाई

नेपालगाथा २०७८ श्रावण २४ गते आइतबार ०९:५०:५१ मा प्रकाशित

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधि किरण गजमेरले जितेका छन् । शनिवार भएको ग्रान्ड फिनालेमा किरणले पहिलो स्थान हासिल गर्दै उपाधि जित्न सफल भएका हुन् ।  ग्रान्ड फिनालेमा टिम प्रमोदबाट किरण, टिम राजुबाट तारा शिरिस मगर, टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ र टिम तृष्णाबाट ज्वाला राई सहभागी थिए । यी तीन जनालाई पछि पार्दै किरण उपाधि जित्न सफल भएका छन् ।

उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँसमेत प्राप्त गरेका छन् । तीन जना फाइनलिष्टले द भ्वाइसको ट्रफी प्राप्त गरेका छन् । एक साताको दर्शकको भोटको आधारमा विजेता घोषणा गरिएको थियो । संसारभरका नेपालीहरूले एसएमएस र अनलाइनमार्फत भोट गरेका थिए ।

उक्त रियालिटी शो हिमालयन टिभीबाट हरेक शुक्रवार र शनिवार बेलुकी ८ बजेदेखि प्रसारण हुँदै आएको थियो । यसअघि भ्वाइस अफ नेपाल सिजन–१ मा सिडी विजय अधिकारी र सिजन–२ राम लिम्बू विजेता बनेका थिए । सिडी विजय टिम दीपका प्रतिस्पर्धी थिए भने राम लिम्बू टिम प्रमोदका प्रतिस्पर्धी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top