ट्रेण्डिङ

होमपेज / कला / साहित्य

एउटा गरिब आनन्दले आज सुतिरहेको छ- कि ऊ मरको हुनु पर्छ कि अघाएको हुनुपर्छ

गजल

नेपालगाथा २०७८ श्रावण १८ गते सोमबार १७:२९:५७ मा प्रकाशित

कयौं निर्धा आवाजहरु डराएको हुनुपर्छ 
यति कुरा तिमीले पनि थाहा पाएको हुनुपर्छ 


ऊ आगो ननिभाई सरकारसँग राहत माग्न पुग्यो 
लाग्छ आफैले आफ्नो घरमा आगो लगाएको हुनुपर्छ


कोर्रा लगाउँदा पनि त कोही मज्जाले हाँसिरहेको छ
सायद योभन्दा पहिले धेरै यातना पाएको हुनुपर्छ


मैले जम्मै उपहारहरु फिर्ता पठाई दिएँ
आजभोलि मेरी प्रेमिका रमाएको हुनुपर्छ


एउटा गरिब आनन्दले आज सुतिरहेको छ
कि ऊ मरको हुनु पर्छ कि अघाएको हुनुपर्छ
ऋषि शर्मा सुदामा
दाङ

प्रतिक्रिया

सम्बन्धित खवर

Top