होमपेज / कला / साहित्य
काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।इजरायलमा बसेर आफ्नो सङ्गीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा सङ्गीतकार राज लिम्बुको यस गीतमा शब्द र सङ्गीत रहेको छ।
प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पीडालाई समेटेर तयार पारिएको यस गीतलाई दीपक राज विश्वकर्माले सङ्गीत संयोजन गरेका हुन्। गायक लिम्बु जीवनको यथार्थलाई समेटेर सिर्जना गर्न रुचाउँछन्। यसअघि गायक लिम्बुको स्वरमा ‘बुझिदे’, ‘म पागल’,‘जलेर खरानी’ लगायतका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन्।
वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निता क्षेत्री, टेकेन्द्र कार्की र विष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ।
(भिडियो)