होमपेज / कला / साहित्य
काठमाडौं । शिवसागर खड्का र एलिना चौहानद्वारा स्वरबद्ध गीत ‘निष्ठुरी भयौ रे’ इन्टरनेटमा रिलिज भएको छ । यो प्रेमिल गीतमा स्वयम गायक खड्काले संगीत भरेका छन् । विशाल नेपालीको निर्देशन तथा शब्द रहेको गीतलाई कर्णप्रिय लाग्छ । सँगै जिउने र सँगै मर्ने कसम खाएको जोडीबीच हुने बिछोडको भाव गीतले पेश गर्छ । पुरुषोत्तम न्यौपानको एरेन्जिङ, अमृत चापागाइँको सम्पादन रहेको भिडियोको पोस्ट प्रोडक्सन बिग नेपाली फिल्म्सले गरेको हो ।