ट्रेण्डिङ

होमपेज / कला / साहित्य

किरण र प्राश्नाको  स्वरमा 'चोली तिम्रो' सार्वजनिक (भिडियो)

नेपालगाथा २०७८ बैशाख २५ गते शनिबार १२:५१:०७ मा प्रकाशित

काठमाडौँ । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश 'चोली तिम्रो' बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ। यस गीतमा अमेरिकाको ओहायो राज्य  निवासी गीतकार तथा संगीतकार प्रेम रामदामको शब्द संगीत रहेको छ।  फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  म्युजिक भिडियोमा सौरब तामाङ र उर्मिला योञ्जन तामाङ बीचको अन्स्क्रिन रोमान्स देख्न सकिन्छ।  

पुर्वको सुन्दर चिया बगान वरपर छायांकन गरिएको यस भिडियोलाई तिलक रिजालको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। एसटिएम मुभीमा  पोस्ट प्रडक्शन गरिएको यस भिडियोलाई 'गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

(भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

Top