ट्रेण्डिङ

होमपेज / कला / साहित्य

बिक्कीको 'माया बैगुनी'मा दिलिप र उर्मिला (भिडियो सहित)

नेपालगाथा २०७८ बैशाख १३ गते सोमबार २०:१०:१२ मा प्रकाशित

काठमाडौं । न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेले आफ्नो नयाँ म्युजिक भिडियो 'माया बैगुनी' सार्वजनिक गरेकी छिन्। यस गीतमा बसन्त सापकोटाको शब्द, संगीत रहेको छ। प्रेमिल शैलीकोयस गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी फिचर्ड छन्।  

प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। १३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादे न्युयोर्कमा बसेर आफ्नो संगीत यात्रालाईअघि बढाइरहेकी छिन्।  

गायिका लाम्गादे गायन संगै अभिनयमा समेत रुचि राख्ने गर्छिन उनले यसअघि ‘दलन’ नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन्।

(भिडियो)

प्रतिक्रिया

सम्बन्धित खवर

Top