होमपेज / कला / साहित्य
काठमाडौं । गायिका अनु राजबहाकको 'माया मारेर' बोलको गीत सार्वजनिक भएको छ। गायक धर्मेन्द्र सेवानको शब्द र कम्पोजमा रहेको गीत सेवानको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गीतमा जिवेशसिंह गुरुङ र अमु लामाको अभिनय रहेको छ। गीतलाई बिजेश पौडेलले सम्पादन गरेका हुन् भने निर्देशन छेवाङ लामाको रहेको छ।
सेवानले केही समय अगाडी सार्वजनिक गरेको गीत 'माया मारेर' फिमेल भर्सनमा तयार पारेको बताए। फिमेल भर्सनमा सेवानकी दिदी गायिका अनुले स्वर दिएकी हुन्। 'मेल भर्सनलाई दर्शकले मन पराइदिनुभयो, फिमेल भर्सन सार्वजनिक गर्न भने केही समय लाग्यो,' सेवानले भने।
[भिडियो ]