ट्रेण्डिङ

होमपेज / कला / साहित्य

पूर्वमिस नेपाल श्रृंखला अब हावर्ड विश्वविद्यालयको विद्यार्थी

नेपालगाथा २०७७ फाल्गुण १८ गते मंगलबार १९:३०:१६ मा प्रकाशित

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकी विश्वविद्यालय हावर्डको विद्यार्थी हुने भएकी छिन्। उनी स्नातकोत्तर अध्ययनका लागि विश्व प्रसिद्ध हावर्ड विश्वविद्यालयमा भर्ना भएकी हुन्। इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्। उनकी आमा एवं नेकपा (प्रचण्ड–माधव) मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले फेसबुकमा स्टाटस लेख्दै यसको पुष्टि गरेकी छिन्।

उनले लेखेकी छिन्,‘हावर्ड युनिभर्सिटीको विद्यार्थी हुने भएकोमा छोरी श्रृंखलालाई धेरै धेरै बधाई छ।’ श्रृंखलाले पनि आफ्नो फेसबुक पेजमा हावर्ड विश्वविद्यालयमा भर्ना हुन पाएकोमा खुशी व्यक्त गरेकी छिन्। 'यसलाई म कसरी व्यक्त गरौं थाहा छैन, तर यो नै मेरो अहिलेसम्मकै सबैभन्दा ठूलो खुशी हो' उनले लेखेकी छिन् । श्रृंखला सन् २०१८ की मिस नेपाल हुन्। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top